घट्यो सुनको भाउ

न्युजलय २२ साउन २०७९, आइतबार १२:०६ मा प्रकाशित

 काठमाण्डौ । आइतबार (आज) सुनको भाउ तोलामा ५  सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै आज चाँदी  १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।