विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको सचेतक कमला दर्नाल नियुक्त भएकी छन् ।
तेह्रथुमबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी उनलाई संसदीय दलको सचेतकमा नियुक्त गरिएको हो ।
सचेतक सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि सचेतक खाली रहेको थियो । आजै मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्देछन् । ४ बजे नव नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम तोकिएको छ ।