दोस्रो बजारमा तेह्रथुम पावर र साहस उर्जाको कारोबार सुरू

न्युजलय १४ कार्तिक २०७८, आइतबार ०५:४१ मा प्रकाशित

काठमाण्डौ । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार(आज ) २ वटा कम्पनीको पहिलो कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र साहस उर्जा कम्पनी लिमिटेडको आज पहिलो कारोबार भएको हो ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा तेह्रथुम पावर कम्पनी लिमिटेडको पहिलो कारोबार प्रतिकित्ता २ सय ५४ रूपैयाँ २ पैसामा भएको छ । त्यस्तै, साहस उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार ४ सय ५ रूपैयाँ ३ पैसामा भएको छ ।

बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेडको ४० लाख कित्ता र साहस उर्जा कम्पनी लिमिटेडको ३ करोड ५० लाख कित्ता साधारण सेयर (आईपीओ)  धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । 

त्यसैगरी, नेप्सेले तेह्रथुम पावर कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म र साहस उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । दुवै कम्पनीको कारोबार अधिकतम रेञ्जबाट खुलेको हो ।