घट्यो सुनचाँदीको मूल्य

न्युजलय ३१ कार्तिक २०७९, बिहिबार ०५:२८ मा प्रकाशित

काठमाडौं । बिहीवार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज  छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा प्रति तोला ४ सय रुपैयाँ गिरावट आएको हो । आज चाँदी प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो ।