सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका अनुसार शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो।
सोही घटनामा परी घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत्त सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको बताइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ।