काठमाडौँ । सुनको मूल्य सोमबार(आज) तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै आज चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।