कोशीका मुख्यमन्त्रीमा हिक्मतलाई विश्वासको मत प्राप्त

न्युजलय ३१ बैशाख २०८१, सोमबार ०४:१६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । उनले ५७ मत पाए । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकमा ५ जना भने तटस्थ बसे ।


संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।


उनले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।