सप्तकोसी नदिमा मोटरबोट पल्टिएर दुर्घटना

न्युजलय ९ कार्तिक २०८३, आइतबार ०३:१८ मा प्रकाशित

सुनसरी । सप्तकोसी नदि खुवालुङ क्षेत्रमा मोटरबोट इन्जिन अफ भई बग्दै जाँदा बराहक्षेत्रमा पल्टिएर दुर्घटना भएको  छ । 

आइतबार दिउसो करिब १; ३० बजे भोजपुर कोप्चेबाट ११ जना यात्रु बोकेर बराहक्षेत्र जाँदै गरेको बोट दुर्घटना भएको हो । 

दुर्घटना पश्चात तत्काल १० जनाको उद्धार गरि ४ जनालाई उपचारको लागि पठाइएको र ६ जनाको अवस्था सामान्य रहेको छ भने १ जना अझै बेपत्ता रहेको प्रहरी चौकी त्रीवेणीले जनाएको छ । 

दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।