काठमाण्डौ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ले बक्स अफिसमा ५१ औं दिन मनाएको छ।
यो फिल्मले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो।
वितरक गोविन्द शाहीका अनुसार फिल्मले ५१ औं दिन पार गर्दा २५ करोडभन्दा बढी व्यापार गरेको छ।
जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको फिल्म अहिले पनि काठमाडौंका मल्टिप्लेक्समा चलिरहेको छ। नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ(नयाँ रेकर्ड राखेको छ।
समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।