पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

न्युजलय १४ कार्तिक २०८२, बिहिबार १२:४५ मा प्रकाशित

पाँचथर । पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् ।