काठमाडौं । आइसिसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज युएईविरुद्ध खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान सवा ११ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा दुवै टिमले पपुवा न्यूगिनी (पिएनजी) लाई हराइसकेका छन् । नेपाल र युएई सिरिजमा लगातार दोस्रो जितको खोजीमा हुने छन् ।