दुहबीलाई ३–० गोल अन्तरले हराउदै उदयपुर फाइनलमा

न्युजलय २३ साउन २०७९, सोमबार ०१:५९ मा प्रकाशित

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र १० प्रकाशपुरमा जारी पाँचौ प्रकाशपुर च्यालेन्ज कपको छ्र्र्र्रैटौ दिन आइतवार सम्पन्न खेलमा गोल्डेन स्टार युथ क्लब दुहबी, भलुवालाई ३–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा प्रवेश गरेको छ । 

पञ्चकन्या फुटबल क्लब उदयपुरका तर्फबाट खेलको १५ औ मिनेटमा जर्सी नम्वर १७ का प्रविन श्रेष्ठको को पासमा जर्सी नम्वर ९ का सबिन थापाले गोल गरी आप्mनो टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हापको ५४ औ मिनेटमा पञ्चकन्याका जर्सी नम्वर १७ का प्रविन श्रेष्ठले जर्सी नम्वर २३ का सरोज राउतको पासमा गोल गरी टीमलाई थप अग्रता दिलाएका थिए । त्यसै गरी दोस्रो हापकै ५८ मिनेटमा पञ्चकन्याकै खेलाडी जर्सी नम्वर ७७ का अनिस मगरको पासमा जर्सी नम्वर ९ का सविन थापाले गोल गरे । 

गोल्डेन स्टार युथ क्लब दुहबीका खेलाडीले पञ्चकन्या फुटबल क्लब उदयपुरलाई दवावमा पारे पनि गोल गर्न नसक्दा सेमिफाइनल खेलमै चित्त बुझाउदै गोल्डेन स्टार बाहिरीएको छ । 

पञ्चकन्या फुटबल क्लब उदयपुर जीतसँगै फइनलमा पुगेको छ । साउन २४ गते मंगलवार इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा, सुनसरी र पञ्चकन्या फुटबल क्लब उदयपुर बिच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए । 

खेलको म्यान आफ द म्याच पञ्चकन्या फुटबल क्लबका जर्सी नम्वर ९ का सविन थापा घोषित भए । उनलाई नगद, ट्रफि आयोजकले प्रदान गरेको प्रकाशपुर फुटबल क्लबका सचिव सनम मगरले बताए । 

सोमबारको खेल आयोजक प्रकाशपुर फुटबल क्लब र इटहरी फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । फाइनलमा जीत्नेले ५५ हजार र द्वितीय हुनेले ३५ हजार पुरस्कार सहित सिल, टफि, मेडल पाउने छन् । त्यसैगरी मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक टीमका सचिव सनम मगरले वताए ।