काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले यूएईविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो । नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख रहेका छन् ।
नेपालले फाइनल जितेमा एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। फाइनलमा पुगेसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।