काठमाडौं । विश्वभर कोरोना संक्रमण फेरि बढ्दै गएको छ। मंगलबारमात्रै विश्वभर करिब २ लाख ९६ हजार ६४ नयाँ संक्रमित बढेका छन्।
हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५६ करोड ८७ लाख ६७ हजार ९१५ पुगेको छ। आज मात्र कोरोनाबाट ३१७ जनाको मृत्यु भएको छ भने यो अवधिसम्म करिब ६३ लाख ८९ हजार ७२१ जनाले ज्यान गुमाएका छन्।
हालसम्म ५४ करोड ३४ हजार २०९ मुक्त भएका छन् भने आज मात्र करिब ३ लाख ४५ हजार १६८ जना कोरोना मुक्त भएका छन्।
यसैगरी विश्वभर संक्रिय संक्रमित २ करोड २३ लाख ४३ हजार ९ सय ८५ रहेका छन् भने गम्भिर रुपमा ३९ हजार ५ सय ९६ जना रहेका छन्।