काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फेरि लकडाउन सुरु गरिएको छ।
औषधि पसल र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ। मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
रूस अहिले यूरोपमा सबैभन्दा धेरै कोरोना प्रभावित देश बनेको छ। अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्। चिकित्सकहरुका अनुसार धेरैजसो बिरामीले खोप नलगाएको बीबीसीले जनाएको छ।