सामुदायिक शिक्षा सुधार्न सरकार र अविभावकसँग सहकार्यको आह्वान

न्युजलय १२ फाल्गुण २०८०, शनिवार ०२:१३ मा प्रकाशित

इनरुवा । इटहरीका सामुदायिक विद्यालयहरुले सामुदायिक शिक्षाको सुधारका लागि सरकार र अविभावकहरुसँग सहयोग माग गरेका छन् । 


इटहरी उपमहानगरपालिका भित्रका सामुदायीक विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुको बैठकले दुवै पक्षको सहयोगविना सामुदायिक विद्यालयमा सुधार नहुने भन्दै सहकार्यको लागि आह्वान गरेका हुन् ।


इटहरीस्थित जनता माविमा भएको बैठकमा उनीहरुले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि आवश्य योजना निर्माण गर्ने प्रतिबद्धता समेत गरेका छन् । 


बैठक महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको थियो । 


सामुदायिक विद्यालयहरुले विधालय व्यवस्थापन समिति महासंघ नै गठन गरी सामुदायिक शिक्षा सुधारको अभियान नै थालेका छन् । समितिको सुनसरी जिल्ला सम्मेलन यही चैत १० गते इटहरीमा हुँदैछ । सोही सम्मेलनले हामी सुधार्छौं हाम्रो विद्यालय अभियान सुरु गरेको घोषणा गर्दैछ ।