वैवाहिक बन्धनमा बाँधिए कलाकार सागर लम्साल ‘बले’

न्युजलय ३० असार २०८१, आइतबार ०४:०२ मा प्रकाशित

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । 

आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । 

लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् ।