विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ भने पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।