काठमाडौं । सोमवार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १५ अंक बढेको छ ।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६९५ दशमलव २५ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १५ कम्पनीको १ हजार ३९१ कित्ता शेयरको १९ लाख ४२ हजार १४८ बराबरको शेयर खरीदविक्री भएको छ ।
आइतवार नेप्से परिसूचक ३९ दशमलव ४० अंक घटेर २ हजार ६९३ दशलमव १० विन्दुमा झरेको थियो ।