खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । बुधबार राति विद्युत् सर्ट हुँदा भीम राई र उनका बुवा भगत राईको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार भगत राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, कागजपत्रलगायतका सामाग्री जलेका छन्। कार्कीका अनुसार आगलागीले करिब तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै भीम राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, भााडाकुडा, कागजपत्र सहित
अन्दाजी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।