काठमाडौं । शुक्रबार (आज) सुनचाँदीको मुल्य दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।