सर्बियालाई हराउँदै स्विटजरल्यान्ड पुग्यो अन्तिम १६ मा

न्युजलय १७ मङ्सिर २०७९, शनिवार ०१:१० मा प्रकाशित

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूह अन्तर्गत स्वीजरल्याण्डले सर्बियाविरुद्ध ३२ को जित निकाल्दै विश्वकपको राउण्ड १६ मा स्थान बनाएको हो ।

 

समूह जी बाट ब्राजिल ३ खेलमा ६ अंकसहित पहिलो हुँदै राउण्ड १६ मा पुगेको छ भने स्वीजरल्याण्ड को पनि ३ खेलमा ६ अंकसहित समूह उपविजेता हुँदै राउण्ड १६ मा पुगेको छ ।


अब राउण्ड १६ मा ब्राजिलले दक्षिण कोरियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले पोर्चुगलको सामना गर्ने छ ।