काठमाडौं । बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् ।
अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।
भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपङ्क्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरी गोलपोष्टको जिम्मेवारी सुजाता तामाङलाई दिइएको छ ।
यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।