तास खेलिरहेको अवस्थामा चार जना पक्राउ

न्युजलय १६ असार २०८३, मङ्गलबार ०२:०२ मा प्रकाशित

झापा । झापामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका– १० स्थित लक्ष्मी कोल्ड स्टोरमा जुवातास खेलिरहेको अवस्थामा कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशीसहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय ५० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।