कतार विश्वकप मंसिर ४ गतेदेखि

न्युजलय ५ भदौ २०७९, आइतबार ०५:४९ मा प्रकाशित

 काठमाडौं । कतारमा यही वर्ष हुने फिफा विश्वकपको खेलतालिका एक दिनअघि सारिएको छ । फिफाले २१ नोभेम्बरको सट्टा २० नोभेम्बरदेखि विश्वकप शुरु गर्ने निर्णय गरेको हो । 

नेपाली मितिअनुसार प्रतियोगिता मंसिर ४ गतेदेखि शुरु हुनेछ र पुष ३ गते समापन हुनेछ । पहिलो दिन समूह ‘ए’ अन्तर्गत आयोजक राष्ट्र कतारको सामना इक्वेडरविरुद्ध हुनेछ । 

यो खेल नेपाली समयअनुसार बेलुकी ९ः४५ बजे हुने जनाइएको छ । फिफाको यो निर्णयपछि समर्थक, प्रशारक र विज्ञापन कम्पनीहरूलाई समस्या भएको छ । समर्थकले कतारको लागि उडान र होटेल बुक गरिसकेका छन् । खेलका लागि टिकट पनि किनिसकेका छन् ।

यो प्रतियोगिता फुटबलको महाकुम्भ मेला पनि हो । यसैले विभिन्न देशबाट धेरै संख्यामा समर्थक खेल हेर्न आउनेछन् । यति धेरै संख्या सम्हाल्नको लागि कतारले कयौं देशका सुरक्षाकर्मीसँग सम्झौता पनि गरेको छ ।