मोरङमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

न्युजलय ७ मङ्सिर २०८१, शुक्रबार ११:२७ मा प्रकाशित

विराटनगर । मोरङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल बिहीबार साँझ आपसमा ठोक्किएर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, सोही स्थानका २८ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।