शिवहरिको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान युट्युबमा

न्युजलय १८ असार २०८१, मङ्गलबार १२:२३ मा प्रकाशित

काठमाडौँ । हास्य कलाकार शिवहरि पौड्यालको निर्देशनमा बनेको पहिलो फिल्म ‘लक्का जवान’ युट्युबमा सार्वजनिक गरिएको छ।

दुई वर्षअघि प्रदर्शनमा आएको फिल्मलाई सोमबार ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो। 

फिल्ममा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्याल, सुशील पोखरेल, सुरेन्द्र केसी, सरोज खनाल लगायत कलाकारको अभिनय छ। 

फिल्ममा सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।