एलिना चौहानको तिहार गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०१:२९ मा प्रकाशित

काठमाडौं । चर्चित गायिका एलिना चौहानले तिहारको छेको पारेर तिहार विशेष गीत ल्याएकी छिन्। ‘मेरो प्यारो भाइ’ बोलको गीत आज (आइतबार) एलिनाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।


दिदीले भाइलाई सम्बोधन गर्दै गाइएको गीतमा संगीत र शब्द लेखु सहयात्रीको रहेको छ। संगीतको एरेन्ज बिशन आचार्यले गरेका छन् भने मिक्सिङ सजन शाहले गरेका छन्।


चौहानसँगै स्मारिका ढकाल, समारिका ढकाल, प्रतिक सुनुवार र सुगम श्रेष्ठ फिचर्ड म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। प्रकाश खड्काले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।