अप्पर लोहोरे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

न्युजलय ११ साउन २०८०, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २२ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ।