त्रिकोणात्मक प्रेम रहेको चलचित्र ‘सम्झना विर्सना’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार ०२:१५ मा प्रकाशित

काठमाडौँ । प्रेम कथानक चलचित्र ‘सम्झना–बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ ।


सार्वजनिक ट्रेलरमा पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङको त्रिकोणात्मक प्रेम कथा देखाइएको छ ।  


जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर राना लगायतको पनि अभिनय रहेको छ ।  


आदित्य प्रधान र रेबिका प्रधान निर्माता रहेको फिल्म दार्जिलिङ, सिलगढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।


शिव ढकालले खिचेको फिल्मका गीतमा राजन ईशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व. बिशारद बस्नेत हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।