चलचित्र मंगलम युट्युबको ट्रेन्डिङमा (चलचित्रसहित)

न्युजलय १० पुस २०७८, शनिवार ०८:५६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘मंगलम’ युट्युबमा रुचाइएको छ । गत आइतबार सार्वजनिक चलचित्रले युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

नवल नेपालको निर्देशन रहेको करिव ४ वर्ष अगाडि प्रदर्शनमा आएको थियो । 

चलचित्रले २३ लाख बढी भिउज र ६० हजार ५२ हजार बढी लाइक्स पाएको छ । दर्शकले फिल्मको कथावस्तु र कलाकारको अभिनयलाई विशेष रुचाएका छन् । 

चलचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका रहेको छ । चलचित्र छविराज ओझाले निर्माण गरेका हुन् ।