इटहरी । संगीतकार संघ नेपाल र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको संयुक्त आयोजनामा इटहरीमा प्रतिलिपि अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
प्रदेश १ का वन तथा भु संरक्षण मन्त्री शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र संगीतकार संघ नेपालका वर्तमान अध्यक्ष पारस मुकारुङको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई सङ्गीत साधना प्रतिष्ठान र इटहरी बौद्धिक मन्चले स्थानीयरुपमा संयोजन गरेका थिए ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, कलाकार तथा पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा संगीतकारहरु मानसिङ थूलुङ, भरत लामा, गायक एलपी जोशी लगायतको उपस्थिती थियो । कार्यक्रममा विभिन्न सर्जकहरुले सृजना गरेको गीत, संगीत कवितादेखि लेखकका लेख रचनाहरुसम्मको प्रतिलिपी अधिकारसम्बन्धि कानुनबारे चर्चा गरिएको थियो ।