गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

न्युजलय १८ असोज २०७९, मङ्गलबार ०१:५९ मा प्रकाशित

काठमाडौ । अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन् । ३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका थिए । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए ।

हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् । अर्जेन्टिनाका लागि उनले ७५ खेलमा ३१ गोल गरेका थिए ।