घट्यो सुनको मूल्य

न्युजलय २० चैत २०७८, आइतबार ११:३५ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) सुनको मूल्य घटेको छ।

सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।