नेपाल र मलेसियाबीचको तेस्रो खेल आज

न्युजलय १८ जेठ २०८०, बिहिबार ०१:२२ मा प्रकाशित

काठमाण्डौ । मलेसिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेल खेल्दैछ । महिला टी–२० सिरिजअन्तर्गतको तेस्रो खेल बिहान ८ः४५ देखि सुरु हुनेछ ।

पाँच खेलको श्रृंखला १–१ को बराबरीमा छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने ७ विकेटले विजयी भयो । नेपाल आज पनि खेल जित्दै सिरिजमा अग्रता लिने सोचमा छ ।

हालसम्म नेपालले मलेसियाविरुद्ध पाँच टी–२० अन्तर्राष्ट्रिय खेलेको छ । जसमा नेपाल १ खेलमा मात्र पराजित भएको छ । यी दुई टोलीबीचको चौथो शनिबार र तथा पाँचौं खेल आइतबार हुनेछ ।