लगनगाँठो कस्दै गायिका सुनिता दुलाल

न्युजलय २ मङ्सिर २०८२, सोमबार ११:३७ मा प्रकाशित

काठमाडौं । लोकगायिका सुनिता दुलाल वैवाहिक सम्बन्धमा बाँधिने भएकी छन्।

उनले रूकुम पश्चिम स्थायी घर भई  काठमाडौंमा बस्दै आएका राजेश केसीसँग विवाह गर्न लागेका हुन्। यही मंसिर १३ गते शनिबार विवाह समारोह आयोजना गरिने छ। 

सिन्धुपाल्चोक स्थायी घर भएकी सुनिता भक्तपुरमा बस्दै आएकी छिन्।