काठमाडौँ । नेप्से परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो।
आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ।