नेप्से १९.४३ अंकले घट्यो

न्युजलय २८ असोज २०८२, मङ्गलबार ०३:४५ मा प्रकाशित

काठमाडौँ । नेप्सेमा आज १९.४३ अंकले घटेर २५२८.१६  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ७ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १६ करोड ९ लाख बराबरको कारोबार भएको छ ।