काठमाडौँ । ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।
सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृतकको श्रीमानको केही वर्षअघि निधन भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ, त्यसैले थप प्रमाण सङ्कलनका लागि तालिम प्राप्त कुकुर माग गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयले असोज २७ गते बिहान घरमा कार्की मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि घटनास्थल पुगेर प्रहरीले शव नउठाई प्रारम्भिक अनुसन्धान थालेको हो ।