सुनको मूल्य बढ्यो

न्युजलय २८ असोज २०८२, मङ्गलबार ११:११ मा प्रकाशित

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ ।