विराटनगर। कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।
हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२–८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।
प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको बताइएको छ ।
सबैभन्दा बढी मोरङमा २४, सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको केन्द्रले जनाएको छ ।