विराटनगर । मोरङबाट २१८ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका–३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।