२०७८ साल मङ्सिर १३ गते सोमबार

कोरोना संक्रमणबाट युरोपमा थप ७ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०४:४२ मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले आउने मार्चसम्म युरोपमा थप ७ लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । 

युरोपेली क्षेत्रमा रहेका ५३ देशमा हालसम्म कोरोना संक्रमणबाट १५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ। संगठनले सन् २०२२ को मार्चसम्म तीमध्य ४९ देशका सघन उपचार कक्षमा बिरामीको उच्च चाप हुने जनाएको छ ।

युरोपमा अहिले कोरोना संक्रमण पुनः उकालो लागेको छ । अष्ट्रियामा लकडाउन लागू गरिएको छ भने अरु देशले पनि प्रतिबन्ध लगाइरहेका छन् ।

संगठनले आउँदो वसन्तसम्म कम्तीमा युरोपमा मृत्यु हुनेको संख्या २२ लाख पुग्न सक्ने अनुमान रहेको बताएको छ । युरोपेली देशमा अहिले 

संगठनका युरोपका निर्देशक डा. ह्यान्स क्लुगले खोप नलगाएकालाई तुरुन्त खोप लगाउन अनुरोध गरेका छन् । विश्वभर हालसम्म कोरोनाबाट २५.९ करोड व्यक्ति संक्रमित भइसकेका छन् भने ५१.७ लाख व्यक्तिको मृत्यु भइसकेको छ ।