काठमाडौं । शेयर बजार आज स्थिर रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.२६ अंकले बढेको छ । ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९९.१५ अंकमा पुगेको छ ।
समग्रमा बजार झिनो अंकले बढ्दा बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रो समूह बढे बढे लगानी समूह स्थिर रह्यो । बाँकी अरु समूह राताम्मे भए ।
आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५ सय ५५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३ सय २५।०४ रुपियाँ बराबरको कारोबार भएको छ ।