नेप्से १४.४३ अंकले घट्यो

न्युजलय १४ कार्तिक २०८१, बुधबार ०३:२८ मा प्रकाशित

काठमाण्डौ । बुधबार १४.४३ अंक घटेर नेप्से २६७७ मा ओलिएको छ ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार ७५ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।