धरान l इलामको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन सुनसरीमा अभियान थालिएको छ । सुनसरी बस्दै आएका इलामेलीहरुको धरानमा भएको भेलाले सुहाङको पक्षमा मत हाल्न अभियान सुरु गरेको जनाएको हो ।
इलामको विकास र सम्बृद्धिका लागि युवा उम्मेदवार सुहाङलाई जिताउनुपर्ने भेलाले निष्कर्ष निकालेको छ । इलाम घर भई सुनसरी बस्दै आएका मतदाताहरुलाई इलामको निर्वाचन केन्द्रित हुन भेलाले आग्रह गरेको छ । कार्यक्रममा सुहाङ नेम्बाङको व्यक्तित्व, इलामको भुगोललगायतबारे नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पर्यटन विभाग उपप्रमुख कृष्ण शाहले जानकारी गराएका थिए ।
एमाले धरारन नगर अध्यक्ष हर्कराज एभेङले सुहाङलाई जिताउन धरानमा सहयोग समिति गठन गरिएको जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्य यशोदा कायस्था, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मीन सुब्बा, नारायण सुवेदीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सुनसरीमा बसोवास गर्ने इलामका मतदाताहरुको उल्लेखीय सहभागीता रहेको इलाम घर भइ धरानमा व्यवसायी गदैं आएका नरेस मगरले जानकारी दिए । सुनसरीमा ५ सय भन्दा बढी इलामका मतदाताहरू रहेकाछन् । कार्यक्रम सुनसरी इलाम सम्पर्क मञ्चका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।