काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बलिउडका दिग्गज अभिनेता पाटेकर अभिनयका एक अब्बल कलाकार हुन् । उनका दर्जनौँ चलचित्र हिट छन् । उनलाई गोवास्थित आफ्नै घरमा हृदयघात भएको थियो ।
नाना पाटेकरलाई भारतीय चलचित्रमा उनको योगदानको लागि २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो । आफ्नो लामो चलचित्र करिअरको क्रममा, उनले हिन्दी र मराठी दुवै चलचित्रहरूमा काम गरेका छन् ।