पेट्रोलको भाउ बढ्यो

न्युजलय ३२ साउन २०८२, शनिवार ०६:१६ मा प्रकाशित

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको एक रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकिएको निगमले जनाएको छ ।

अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।