पिकअपको ठक्करबाट सुन्दरहरैँचाका सुवेदीको मृत्यु

न्युजलय १४ साउन २०८१, सोमबार १२:०८ मा प्रकाशित

धनकुटा । धनकुटामा मोटरसाइकललाई पिकअप गाडीले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०४ ००१ च १३३६ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ८ का ३२ वर्षीय सुमन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिका १ निगालेस्थित बागेश्वरीथानको सहायक मार्गबाट राजमार्गमा पिकअपले घुम्तीमा ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिकअप चालक लक्ष्मण राई र मोटरसाइकल चालक दिपेश ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक मोटरसाइकलका चालक ढकालका भिनाजु रहेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।