काठमाडौं । विश्वविख्यात फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। आन्द्राको क्यान्सरविरुद्ध उपचार गराइरहेका पेलेको स्वास्थ्य झनै खराब बनेको हो।
डाक्टरहरुले पेलेको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि उनलाई दिइँदै आएको केमोथेरापी बन्द गरेर ‘जिवनको अन्तिम हेरचाह कक्ष’मा सारिएको छ।
ब्राजिलबाट प्राप्त रिपोर्टहरुमा ८२ वर्षीय पेले साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्। उनलाई अहिले ‘प्यालिएटिभ केयर’ वार्डमा सारिएको छ।
समाचारअनुसार आन्द्राको क्यान्सरमा उनको शरीरले किमो थेरापीमा कुनै प्रतिक्रिया दिइरहेको छैन। तीन पटकका विश्व च्याम्पियन पेलेलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनमा सुरुवातमा मुटुमा समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो।
बिहीबार उनको अवस्था स्थिर रहेको जनाइएको थियो। तर फोल्हा डी साओपाउलोको रिपोर्टअनुसार पेलेले जीवनको अन्तिम समय अस्पतालमा बिताइरहेका छन्।